१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालले सुन तस्करीबारे संसदमा सरकारको जवाफ माग्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने बताएको छ।

बुधवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाको गम्भिरतापूर्वक छानबिन गरी मुख्य दोषीलाई कारबाही गर्न संसदमा सरकारसँग माग गर्ने निर्णय गरेको हो।

सुन प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न संसदमा जोडदार माग गर्ने निर्णय गरिएको एमालेका सांसद रघुजी पन्तले जानकारी दिए।

बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भिरतापूर्वक नलिएको बताएका थिए।

सांसद पन्तले भने, ‘हाम्रो ध्यान चाहीँ यो जुन प्रकारको सुन पक्राउ परेको छ। र, पटकपटक त्यही कम्पनीको नाममा आएको कुरा बाहिर आएको छ। त्यसको गम्भिरतापूर्वक छानबिन हुनुपर्छ। त्यसको गहिर्‍याईसम्म पुगेर त्यसको भरियालाई होइन, त्यसको जरोसम्म पुगेर सुन ल्याउने मुख्य मान्छे को ह? त्यसलाई पक्राउ गरेर जो सामेल त्यसलाई कारबाही गर्नुपर्छ। त्यसको लागि हामी जोडदार आवाज उठाउँछौं। काम चाहीँ यत्रो दिन भएको त्यो कम्पनीको मालिकलाई पक्राउ गर्न सकेको छैन सरकारले। अनि मन्त्रीहरु चाहीँ ठूल्ठूला कुरा गर्दै हिँड्ने। त्यो चाहीँ भएन। दोषीचाहीँ पत्ता लाग्नुपर्‍यो। दोषी जो हो, त्यसलाई जनतासमक्ष ल्याउनुपर्‍यो। र, कानुनी कारबाही गर्नुप¥यो। त्यसका लागि हामीले जोडदार कुरा उठाउँछौं।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १० श्रावण २०८० ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App