३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताएका हुन्।

उनले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए। उनले केन्द्रिय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए।

उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ। यो बैठक जारी छ। भोलि ११ बजेका लागि बैठक तोकिएको छ। केन्द्रिय समितिका सदस्यहरुले बोल्ने क्रम जारुी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आईतवार पनि यो क्रम जारी रहन्छ।’

नेता पौडेलले बैठक शुक्रवार र आईतबार बस्ने बताए। उनले शुक्रवार बिहान ११ बजे बैठक बस्ने बताए।  

प्रकाशित: ४ श्रावण २०८० १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App