१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य भएको बताएको छ।

राप्रपाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको हो।

'राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको छ', विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३ श्रावण २०८० १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App