२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको उदयपछि विदेशीनेको संख्या झनै बढ्यो: महासचिव पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा उदाएका नयाँ दलका कारण विदेशिनेको संख्यामा वृद्धि भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै  'विदेश गएकाहरूलाई देश फर्काउँछौँ' भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेको बताएका हुन्।

‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्छ।  तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा  (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’ उनले भनेका छन्।  

प्रकाशित: २ श्रावण २०८० १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App