७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिना मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ। 

आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका हुन।

उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका छन। असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए। त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ।

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेश गरेका छन। त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ।आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ। 

पार्टीका सबै दस्ताबेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उनको प्रश्ताव छ। यसको निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरे। 

प्रकाशित: २ श्रावण २०८० १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App