उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन्।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएक हुन्। सरकारले सुशासन कायम गर्ने कुरामा, आर्थिक विकासको गतिलाई अझ तिब्र बनाउने कुरामा काम गरिरहेको बताए।
उनले सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर सरकारले काम अघि बढाइरहेको दाबी गरे।
मन्त्री बस्नेतले अनियमितताका प्रकरणहरु निष्पक्ष ढंगले छानबिन गरी टुंगोमा पुग्ने बताए।
प्रकाशित: ३१ असार २०८० १४:१३ आइतबार