१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका हुन्।

उनले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने उल्लेख गरे। विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको उनको भनाइ थियो। विश्वविद्यालयको विधेयकहरू ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन। यो अर्थ मन्त्रालय तिर घुमिरहेको छ। सरकारले यसको महत्वलाई बुझ्न सकेन। सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो। प्रदेशको सरकारलाई माग दर्शन गर्ने अवसर पनि हो। उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो। विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलीय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भीरतापूर्वक ती कुराहरुलाई अक्षरशः पालना गर्छौं। कतिपय भएका कमजोरीहरुलाई सच्याउँछौ पनि। विश्वविद्यालयको विधेयकहरू ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनैपनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ। यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ। नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ। जो समाजका व्यक्ति र व्यक्तित्वहरि यो नेपाल विश्वविद्यालय बनाउने पछाडि लाग्नुभएको छ उहाँहरु नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ। पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो। एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरुले अठोट गर्नुभएको छ।’ उनले भने।

नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरूमा जस्तै दलीय भागबन्डा हुन दिनु नहुने उनको भनाइ थियो।

प्रकाशित: ३१ असार २०८० १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App