२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ पार्टीहरु धेरै टिक्दैनन्: अर्थमन्त्री महत

फाइल।

अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरे। उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे। 

उनले भने, ‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन्। हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’

अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिएका छन्।

उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे। पार्टीप्रतिको आलोचनाका कारण जनताहरु के हो काँग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको उनको भनाइ थियो। उनले पार्टीका नेताहरुको आलोचना सामाजिक सञ्जालमा नगर्न समेत आग्रह गरे।

मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको उल्लेख गरे। आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने उनको भनाइ थियो।

प्रकाशित: ३० असार २०८० ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App