नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।
शुक्रबार सभापति देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको हो।
लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको देउवाले बताएका छन्।
त्यस्तै उनले नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको पनि बताएका छन्।
प्रकाशित: २९ असार २०८० १२:११ शुक्रबार