२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न नदिने रविको चेतावनी

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।

विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उनले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका हुन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याज पीडितको पक्षमा रहेको भन्दै छिट्टै विधेयक ल्याउन उनले माग गरे।  

प्रकाशित: २९ असार २०८० ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App