१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन्।

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भिर रहेको उनको भनाइ छ। उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए। उत्पादन वृद्धि र पुँजि निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामीले जुन ऋण उठाइराखेका छौँ। त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ। हाम्रो आवश्यकता के छ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ? यसले उत्पादन वृद्धि, पुँजि निर्माणमा कति सघाउँछ? भनेर नै हामीले ऋण लिनुपर्छ। हामीले सोच्नुपर्ने चाहीँ के हो भने कति ऋण लियौँ भन्ने भन्दापनि त्यो ऋण कहाँ खर्च ग¥यौँ? कसरी खर्च ग¥यौँ? त्यो महत्वपूर्ण कुरो हो। त्यसमा हामी गम्भिर हुनैपर्छ। र कतिपय अवस्थामा पछिल्लो समयमा पनि हामीले लिएको ऋण उपयुक्त ठाउँमा खर्च भएन। हाम्रो चासो र चिन्ता हुनुपर्ने त्यो विषय हो भन्ने मलाई लाग्छ। त्यसकारण अहिले हामीले ऋण लिने कुरा गर्दाखेरी विदेशी दाता होस्, या आन्तरिक बैंकहरुबाट राष्ट्र ऋण उठाउने कुरा होस्। यसलाई प्राथमिकताका साथ हामीले उठाएका छौँ। किन लिने र कहाँ खर्च गर्ने? त्यसको प्रतिफल कसरी सुनिश्चित गर्ने ? त्यसमा हामी गम्भिर हुनुपर्छ। हामीले उत्पादन बढाउने हिसावले ऋण लिनुप¥यो भन्ने कुरालाई सरकारले गम्भिरतापूर्वक लिएको छ। उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक २०८० साउन १ गते सोमवार दिनको १ः०१ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित: २९ असार २०८० ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App