२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ: मन्त्री राई

फाइल तस्बिर <br>

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन। 

आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका हुन। उनले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडी बढ्ने बताए। उनले सोही विधेयकमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने जानकारी दिए। मन्त्री राईले गेटा मेडिकल कलेजलाई विश्व विद्यालयको रुपमा अगाडी बढाउने सरकारको अठोट रहेको स्पष्ट पारे। 

४० हजार राहत शिक्षकहरूको शिक्षण पेशाको स्थायित्वको सम्बन्धमा प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको मन्त्री राईले  जानकारी दिए।  

प्रकाशित: २८ असार २०८० १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App