१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सफा वातावरणका लागि जनसहभागिताको आवश्यकता’

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताएका छन्। 

विश्व वातावरण दिवस–२०१७ का अवसरमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले जनस्तरकै सहभागितामा परिणाममुखी काम हुन सके मात्र वातावरण सफा हुन सक्छ भने। 

सोही अवसरमा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले धुलोबाट हुने समस्या न्यूनीकरण गर्नु नै पहिलो चुनौती रहेको औँल्याए। केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जथाभाबी फोहोर फ्याँक्नेलाई कानुनी दायरामा ल्याउने अभ्यासलाई कडा रुपमा पालना गरिनुपर्ने बताए। पूर्ववातावरणमन्त्री गणेश शाहले सर्वप्रथम सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति स्वस्थ हुनुपर्नेमा जोड दिए। 

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App