१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वार्थ बाझिनेलाई रोजेको समिति

प्रतिनिधिसभाको महिला तथा समाजिकि मामिला समितिमा एमालेका ईश्वर बहादुर रिजाल र माओवादी केन्द्रका हितबहादुर तामाङ मात्र पुरुष सदस्य छन् भने बाँकी महिला सदस्य रहेका छन्।

मंगलबार प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकबारे छलफल गर्दा महिला मात्रै उपस्थित देखिँदा सो समिति महिला संगठन जस्तो देखिएको थियो। जसले संसदीय समितिको मापदण्डलाई ठाडो चुनौती दिएको देखिन्छ। प्रतिनिधिसभाका विषयगत समिति गठन गर्दा समानुपतिक प्रतिनिधित्वका आधारमा गराउनु पर्छ।

कुनै सदस्य एकैसाथ एकभन्दा बढी समितिको सदस्य बन्न सक्दैन। तर, आफू सदस्य नभएको समितिको बैठकमा सहभागी भई छलफलमा भाग लिन चाहेमा त्यो समितिको सभापतिलाई बैठक बस्ने दिनभन्दा कम्तीमा एक दिनअगावै जानकारी दिई उपस्थित हुन सक्नेछ। तर, निजलाई त्यस्तो समितिमा मतदानको अधिकार नहुने नियम छ। यस नियमलाई आधार मानेर समिति गठन गर्नुपर्ने व्यवस्था छ।  समिति गठन गर्दा संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने दलसँग नाम माग्ने गर्छ।

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।

प्रतिनिधिसभाको महिला तथा समाजिकि मामिला समितिमा एमालेका ईश्वर बहादुर रिजाल र माओवादी केन्द्रका हितबहादुर तामाङ मात्र पुरुष सदस्य छन् भने बाँकी महिला सदस्य रहेका छन्।

नियमअनुसार समितिमा सदस्यको नाम आएका छन् कि छैनन् भन्ने किसिमले संसद् सचिवालयले अध्ययन गर्नुपर्छ। त्यसको जानकारी सभामुखलाई गरेपछि सभामुखले पुनःसम्बन्धित दललाई नियमावलीमा व्यवस्था भए बमोजिम नाम माग गर्न सक्छन्। तर, सभामुखले चासो नदिनु र संसद सचिवालयको पनि अध्ययन नहुँदा महिला समितिमा लगभग महिला मात्रै भएको देखिन्छ कांग्रेसका एक नेताले भने यसलाई छिट्टै सच्याउन आवश्यक छ। उनले सुरूपमा पूर्वाधार विकास समितिमा पुरुष मात्रै रहेको तर पछि केही महिला सांसदलाई सदस्यमा राखिएको स्मरण सुनाए।

‘पूर्वाधार विकास समितिमा ठेकेदारी गर्ने सांसदको रुची रहने गरेको पाइन्छ। महिला समितिमा रहने सांसद सदस्य महिला मात्रै हुने र पुरुष हुनै नहुने जस्तो देखियो, संसदमा सबै सांसदले महिलाका विषयमा आवाज उठाउनु पर्छ, यसलाई समावेशी बनाउन जरुरी छ,’ उनले भने।

प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७५ मा समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायसमेतको समानुपातिक प्रतिनिधित्व गराइनेछ भन्ने व्यवस्था छ।

यस व्यवस्था बमोजिम संसदीय समितिको गठन नभएकोमा संसद् सचिवालयलका अधिकारीले स्वीकार गरे। राजनीतिक दलले दबाब नै दिने कारण संसद् सचिवालयबाट निर्णय उल्टाउन कठिनाइ हुने गरेको उनले बताए।

प्रतिनिधिसभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति छन्।

प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७५ मा समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायसमेतको समानुपातिक प्रतिनिधित्व गराइनेछ भन्ने व्यवस्था छ।

स्वार्थ बाझिने समितिमा रहेका सांसदहरूलाई भने उनीहरूको इच्छा अनुसार नै दलले पठाएको पाइएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७५ को नियम (२) मा समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन भन्ने व्यवस्था छ।

तर, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ छन्। उनी उद्योग, होटल, घरजग्गा तथा हार्डवेयर व्यवसायमा संलग्न छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बु उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छन्। दुवैजना मेनपावर कम्पनीसँग कतै न कतै आवद्धता रहेको बताइन्छ।

पूर्वाधार तथा विकास समितिमा एकीकृत समाजवादीका धन बहादुर बुढा र एमालेका सांसद प्रेमबहादुर महर्जन सदस्य छन् उनीहरू ठेकेदार पृष्ठभूमिका हुन्। व्यापारिक पृष्ठभूमिका कांग्रेसका सांसद विनोद चौधरी अर्थ समितिमा छन्। अर्थ समितिमा रहेका अर्का एमाले सांसद भगवती चौधरी फर्वाड लघुवित्तकी लगानी कर्ता हुन्।

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।

लेखा समितिमा माओवादी केन्द्रका पूर्वअर्थमन्त्री जनार्दन शर्मा गतवर्ष अनधिकृत रूपमा बजेटमा करको दर हेरफेर गराएको भनी विवादमा परेका थिए। राप्रपाले सांसद विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा पठाएको छ। उनलाई विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिए पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले राज्यको नगरमा उनी भ्रष्टाचारका आरोपित हुन्। उनलाई यसअघि शहरी विकास मन्त्रीको जिम्मा समेत दिइएको थियो।

सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि ७० करोड कमिसनको मोलमोलाई गरेको आरोपमा तीन वर्षअघि सञ्चारमन्त्रीबाट राजीनामा दिएका एमाले सांसद गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य छन्।

अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका मोहनबहादुर बस्नेत र वन तथा वातावरण मन्त्री विरेन्द्रप्रसाद महतो पनि स्वार्थ समितिमा थिए। स्वास्थ्य मन्त्री बस्नेत उद्योग समितिमा थिए। उनले यातयात, क्रसरलगायतका विभिन्न व्यवसायमा लगानी गरेका छन्। यसैगरी, जनता समाजवादी पार्टीका सांसद रहेका वन तथा वातारण मन्त्री महतो अर्थ समितिमा थिए। उनी माछापुच्छ्रे बैंकका संस्थापक लगानीकर्ता हुन्। सांसद भएपछि उनले बैंकको सञ्चालक समिति अध्यक्ष पद छाडेका थिए।

प्रकाशित: २७ असार २०८० ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App