२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेः सभापति लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन्।

उनले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे। दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने पयनि उनले बताए। उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे।

उनले भने, ‘सदन तीन नेताको होइन।  सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो। नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ। संसदलाई संसदजस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद। प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो। पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो। त्यतिखेर पनि हामी चुपचाप बस्यौँ। ठिकै छ भनिरह्यौँ। तर यो गर्न पाइँदैन। यो गलत हो। संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ। जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन्। सरकारले एक त बिजनेश नै दिन सकिरहेको छैन। सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने? जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ।’

प्रकाशित: २४ असार २०८० ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App