४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

बजेटमा अर्थमन्त्रीले रकमान्तर गरेको भन्दै एमालेद्वारा बैठक अवरुद्ध

नेकपा एमालेका सांसदहरू मधेस प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन्।

असार मसान्तको अन्तिममा अर्थमन्त्री सञ्जयकुमार यादवले कानुन मिचेर रकमान्तर गरी आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको एमालेका सांसदहरूको आरोप छ। 

शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री संजय यादवसँग जवाफ माग्दै उनीहरूले प्रदेशसभाको बैठक अवरुद्ध गरेका हुन्।

एमालेका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले दश मिनेटका लागि बैठक स्थगित गरेका छन्।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, 'एमालेका मेयर भएको विदेह नगरपालिकामा सशर्त अनुदान किन दिइएन ?, असार मसान्तमा सर्लाही जिल्लामा मात्रै २२ वटा योजना रकमान्तर गरिएको छ। करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ? रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिशन उठाएर योजना समावेश भएको सुनेको छु।'

उनले प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए।

प्रकाशित: २३ असार २०८० ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App