काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ। निर्वाचन मिति तोकिसकिएको अवस्थामा स्थानीय तह थप गर्ने सरकारको निर्णयविरुद्ध एमाले आन्दोलित भएको हो।
एमालेले स्थानीय तह थप गर्ने निर्णय फिर्ता र प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता नहुन्जेल संसद अवरुद्ध गर्ने जनाएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकारले जेठ २ गते तराईका जिल्लामा २२ वटा स्थानीय तह थप गरेको थियो। एमालेले स्थानीय तह थप गर्ने निर्णय फिर्ता र प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता नहुन्जेल संसद अवरुद्ध गर्ने जनाएको छ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम थियो। एमाले सांसदले संसद चल्न नदिएपछि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।
एमालेको अवरोधका कारण बिहीबार संसदले नीति तथा कार्यक्रम प्रस्तुत गर्न गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यावद प्रस्ताव समेत राख्न दिएको थिएन।
प्रकाशित: १२ जेष्ठ २०७४ ०८:२६ शुक्रबार