४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीमा जबेगु र सुनार बने मन्त्री, मन्त्रालय तोक्न बाँकी

कांग्रेसबाट प्रदिप सुनुवार र नेकपा एकिकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्रीमा सपथ लिँदै । तस्बिरः चुमन बस्नेत /नागरिक

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहणसँगै मुख्यमन्त्री थापाले दुई मन्त्री पनि नियुक्त गरेका छन्। मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदिप सुनुवार र नेकपा एकिकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्रीमा सपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ।  

माओवादीबाट बन्ने मन्त्री टुंगो नलाग्दा आज सपथ हुन सकेन।  कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण लिँदै।

प्रकाशित: २२ असार २०८० ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App