१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

पोखरा- पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन। मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका कारण स्वस्तिक छापको प्रयोग सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगमा पत्राचार गर्न लागिएको बताए। उनका अनुसार आयोगको निर्देशनानुसार अन्य काम अघि बढ्नेछ। 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराको संयोजनमा बिहानदेखि बसेको सर्वदलीय बैठकमा कुनै पनि सहमति नभएपछि स्वस्तिक छाप प्रयोगका सम्बन्धमा आयोगको आधिकारिक धारणा आएपछि मात्र मतगणना सञ्चालन हुने-नहुने टुङ्गो लाग्ने भएको छ।

शनिबार मतगणनाका क्रममा मतपत्रमा दुई आकारका स्वस्तिक चिह्न पाएपछि विवाद भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए। वडा नं १७ को मतगणनाका क्रममा फरक स्वस्तिक चिह्नको प्रयोग गरिएको बताइएको छ। रासस 

प्रकाशित: ७ जेष्ठ २०७४ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App