९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचनको लागि खटाएर जिम्मेवारी पुरा नगर्ने सात कर्मचारीहरु कारवाहीमा परेका छन् । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।
राष्ट्रपतिको कार्यलयका उपसचिव प्रल्हाद प्रसाद पुडासैनी,  नारायणहिटी दरवार संग्रहालयका उपसचिव रोहित कुमार ढुंगाना, महालेखा नियन्त्रक कार्यलयका उपसचिव काशीनाथ भट्टराई, अधिकार सम्पन्न बाग्मती सभ्यताका उपसचिव जिवनराम पुरी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका शिवराम भट्टराई र भौतिक पूर्वाधारका राजेन्द्रप्रसाद घिमिरे कारवाहीमा परेका छन् ।

प्रकाशित: ३ जेष्ठ २०७४ १४:१२ बुधबार

उपसचिव निर्वाचन आयोगको कारवाहीमा