६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बेइमानीहरुका लागि रास्वपाको ढोका खुला छैनः सभापति लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन्।

आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए।

उनले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए। उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए।

उनले भने, ‘म छलफलमा बसेको बेला मलाई सबैले भन्थे, कहाँ सकिन्छ र? ठूला पार्टीको त यत्रो ठूलो सञ्जाल छ, कार्यकर्ता नै लाखौँ छन्, त्यत्रा भोटर छन्, भ्रातृ संगठन नै संगठन छन्, गर्भैदेखि फलानो पार्टी भन्ने छन्, तपाई आफूले चाहीँ जित्नुहोला कुन्नि तर काठमाडौंमा उठ्नुभएको थियो, तर पनि प्रयास त गर्नुहोला चन्थे। तर मैले देश दौडाहामा जाँदा नागरिकको नाडी छाम्ने अवसर पाएको थिएँ। यो पार्टी एक वर्षमा नेपालको सबैभन्दा महत्वपूर्ण, चासोको पार्टी बनेको छ। हाम्रो पार्टीमा निरन्तर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम चलेको छ। हामीले लाइन लगाएर टिका लगाउँदै प्रवेश नगराएको मात्रै हो, त्यो गरेको भए झनै धेरै देखिन्थ्यो। केही स्वार्थ भएका साथीहरु चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन। पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, काँग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिनुपर्दैन। यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन।’

सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे।  

प्रकाशित: १७ असार २०८० १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App