६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखाको एउटा केन्द्रमा २ मत मात्र खस्न बाँकी

भिमसेन गाउँपालिका ८ को जागेश्वर मावि मतदान केन्द्रमा भोट खसाल्दै एक वृद्ध । तस्बिर : नरहरि सापकोटा

गोरखा – गोरखाको दुई सय ६० वटा मतदान केन्द्रमा बिहान सात बजेदेखि नै धमाधम निर्वाचन भइरहेको छ । मतदाता बिहानै देखि मतदान गर्न आफ्नो मतदान केन्द्रमा लाइन लागेका थिए। 

यस्तै गोरखाको सबैभन्दा टाढा रहेको मतदान केन्द चुमनुब्री गाउँपालिका साम्दो प्राविमा दुई मत खस्न बाँकी रहेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘अहिले सम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ, उत्तरी भेगका मतदान केन्द्रमा मतदाता थोरै भएकाले पनि होला, धेरै प्रतिशत खसिसकेको छ।’ 

७१ जना मतदाता रहेको साम्दो प्रावि केन्द्रमा ६९ जनाले मतदान गरिसकेका छन् । ११ बजेसम्म झण्डै १५ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

 

प्रकाशित: ३१ वैशाख २०७४ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App