१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। बिहिबारका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम बैठक स्थगित भएपछि आजको लागि सरेको हो। बैठक आज बिहान ११ बजे बस्नेछ।

प्रदेशसभाको हिजो बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो। बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।

माओवादी र कांग्रेसले विश्वासकाे मत नदिने र जसपाले तटस्थ बस्ने  निर्णय गरिसकेका छन्। यसअघि जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की संकटमा छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । एमाले र राप्रपासँग ४६ सांसद छन् । गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन्। 

प्रकाशित: १५ असार २०८० ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App