१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभाको बैठक : प्रतिपक्ष दलद्वारा बजेटमाथि संशोधन गर्न माग

बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको आगामी आव २०८०/८१ को विनियोजित बजेट लक्ष्यविहीन एवं जनताप्रति विभेदकारी भएकाले बजेटलाई पुनःसंशोधन गर्नुपर्ने आफ्नो दलको माग रहेको बताए।

उनले सरकारमा प्रतिनिधित्व गर्नुहुने मुख्यमन्त्री र मन्त्रीले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकामा चिन्ता व्यक्त गरे। जनतालाई सम्मान दृष्टिकोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेशसभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने जानकारी उनले दिए।

थापाले बजेटले चुनावी क्षेत्रलाई मात्र नभई काठमाडौँको बासिन्दाको खानेपानीलगायत अन्य जिल्लाका सर्वसाधारणलाई खानेपानी कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आयआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे।

आजको बैठक बिहान ११ बजे बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षबीच विनियोजन बजेटमाथि छलफल गर्ने सहमति नजुटेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो।आज अपराह्न ५ः १५ बजेदेखि बसेको बैठक करिब ३५ मिनेट सञ्चालन भएर स्थगित गरिएको थियो। सो बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानित ९बजेट० माथि छलफल हुने कार्यसूची थियो।प्रदेशसभाको अर्को बैठक यही असार १७ गते अपराह्न २ बजे बस्नेछ।

प्रकाशित: १३ असार २०८० १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App