१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरण: चार जनालाई म्याद थपको लागि अदालत लगियो

ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चारजनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडाैंमा लगिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेको चारै जनालाई थप अनुसन्धानको लागि म्याद थप गर्न अदालतमा उपस्थित गराएको हो।

म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पुर्याएर अहिले उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।

पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई म्याद थपका लागि अदालत लगिएको हो।

मंगलबार प्रकरणमा मुछिएका सात जनालाई पक्राउ गरिएपनि तीन जनाले 'स्टे अर्डर' लिएकोले हिजै छाडिएको थियो। सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो। यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन्। 

प्रकाशित: १३ असार २०८० ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App