१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रामचन्द्रका भाइ वडाअध्यक्षमा भिड्दै

श्रीहरि पौडेल

तनहुँ- कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ ओजराज वडा अध्यक्षका उमेदवार भएका छन्। उनी व्यास नगरपालिका– ८, रिस्तीको वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्। सो वडामा कांग्रेसबाट ६ जनाले उम्मेदवार हुने इच्छा देखाएका थिए।

नेपाली कांग्रेस संसदीय दलका सचिव एवम् धु्रव वाग्लेकी दिदी मिरा जोशी व्यास नगरपालिकामा उपमेयरकी उम्मेदवार बनेकी छिन्। कांग्रेस महासमिति सदस्यसमेत रहेकी मिरा कांग्रेसबाट उम्मेदवार बनेकी हुन्।

सो पदमा कांग्रेसबाट ९ जनाको नाम चर्चामा रहेको थियो।

कांग्रेस छाडेर एमालेबाट उम्मेदवारी

कांग्रेस क्षेत्र  नम्बर २ का पूर्वसचिव विश्व न्यौपाने कांग्रेस परित्याग गरी एमालेबाट व्यास नगरपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। कांग्रेसले मनोमानी ढंगले उम्मेदवार छनोट गरेको उनको आरोप छ।

प्रकाशित: २८ वैशाख २०७४ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App