२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा दोस्रो चरणको निर्वाचनबारे छलफल

काठमाडौं- सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकताबद्ध हुनुपर्ने बताएका थिए।

बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विद्येयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए। प्रमुख तीन राजनीतिक दलका नेताहरुले भने राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आबद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताएका थिए।

 

प्रकाशित: २६ वैशाख २०७४ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App