काठमाडौँ – महाअभियोगको विषयमा छलफल हुने भनि १ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक सुरु नहुँदै स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले बैठक सुरु नहुँदै रोस्टम घेराउ गरेपछि आजको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
शुक्रबार बिहान एकैछिन बसेको बैठक एमाले, राप्रपासहित विपक्षी दलहरूको विरोधका कारण १ बजेका लागि सारिएको थियो ।
सत्तारुढ दलले संसद् सचिवालयमा गत आइतबार दर्ता गरेको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै एमालेले पटक पटक विरोध जनाउँदै आएको थियो ।
महाअभियोग प्रस्तावमा आजै छलफल हुने भनिए पनि एमालेको विराेधसँगै अाइतबारसम्मका लागि रोकिएको छ।
प्रकाशित: २२ वैशाख २०७४ ०८:५७ शुक्रबार