१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी पहिरो पीडितको तत्काल उद्धारको व्यवस्था मिलाउन पर्छ :सांसद दिपक खड्का

नेपाली काँग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन।

आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उनले सो घटनामा परी खर्बाैको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।सांसद खड्काले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह समेत गर्नु भयो ।सांसद खड्काले संखुवासभाको हेवा खोलामा वेपत्ता भएकाहरुको उद्धारको लागि खटिएका प्रहरीहरुमात्रै पर्याप्त नभएकाले त्यसमा थप उद्धारकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नु गरे ।

प्रकाशित: ३ असार २०८० ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App