१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति

बालुवाटारमा सरकार र मधेसी माेर्चाबीचकाे बैठक। तस्बिरः केशव थाेकर

काठमाडौं- सरकार र मधेसी मोर्चाबीच सहमति जुटेको छ। संविधान संशोधनको विषयमा सरकार र मोर्चा सहमतिमा पुगेका हुन्।

सरकार मोर्चाका माग पूरा गर्दै स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सहमत भएको छ। यसका लागि सरकारले निर्वाचन आयोगमा परामर्श गर्ने छ। पहिलो चरणको निर्वाचन वैशाख ३१ मै गर्ने र अर्को चरणको निर्वाचन जेठमा गर्ने गरी सहमति जुटेको संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

मधेसी मोर्चा र संघीय गठवन्धनले सरकारले माग पूरा गर्ने भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । सरकार र मोर्चाबीच आन्दोलनका कार्यक्रम फिर्ता लिने र दुर्इ चरणमा निर्वाचन गर्ने मौखिक सहमति भएको राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए।  

प्रकाशित: ९ वैशाख २०७४ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App