२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहाल-बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

पूर्वबाल सैनिक लेनिन बिष्टसहित ९ जनाले रिट निवेदन दर्ता गरेका थिए। निवेदकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै रिटमा कारबाहीको माग गरेका थिए। 

उनीहरुले अनमिनको वर्गिकरणका क्रममा आफूहरुलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्। रिटमा आफूहरुलाई परिपुरण, क्षतिपूर्ति र न्याय दिलाई भराई पाउन विपक्षीहरुका नाममा परमादेश जारी गर्न समेत माग गरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०८० १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App