१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई महामन्त्री थापाको आग्रह

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर नयाँ पुस्तालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीको हितका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

थापाले नेपाली कांग्रेसमा परिवर्तनको खोजी भइरहेका कारण सभापति शेरबहादुर देउवा पदमा बसिरहे त्यस्तो परिवर्तन सम्भव नहुने बताए। उनले पार्टीलाई जनता र कार्यकर्ताको चाहना अनुसार परिवर्तन गर्न नेतृत्व हस्तान्तरण आबश्यक रहेको स्पष्ट पारे।

‘सभापतिले जतिसक्दो छिटो नेतृत्व हस्तान्तरण गर्नुभयो  कांग्रेस पार्टी र सभापति आफैलाई पनि फाइदा हुने छ’  थापाले भने। थापाले नेपाली कांग्रेसमा परिवर्तनको खोजी भइरहेका कारण सभापति शेरबहादुर देउवा पदमा बसिरहे त्यस्तो परिवर्तन सम्भव नहुने बताए। ‘पार्टी सभापतिले अहिलेसम्म जे जति गर्नु भयो। पार्टीमा ठूलो योगदान छ। यसप्रति हामी आभारी छौ। यससंगै समर्थक, शुभेच्छुक र जनताको चाहना उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उचित हुने देखिएको छ’ थापाले भने, ‘अब यो भन्दा अघिको यात्रामा मैले गरिराख्नु पर्छ। मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाईबाट बाहिर निस्कनुपर्छ। जति छिटो पार्टीको नेतृत्व उहाँले हस्तान्तरण गर्दा उहाँ र पार्टीको हितमा हुनेछ।’  

पार्टीलाई परिवर्तन गर्न यतिवेला चुनौति रहेको र चुनौतिको सामना गर्न नसके त्यहि चुनौतिले पार्टीलाई थिच्ने थापाले बताए। थापाले डा शेखर कोइरालासँग आफ्रनो सम्बन्ध विगतमा जस्तै सुमधुर  रहेको दाबी गरे। उनले डा कोइरालासँगको सम्बन्ध चौधौं महाअधिवेशनमा जस्तो अवस्था थियो त्यहि अवस्थामा अहिले पनि रहेको बताए।  

प्रकाशित: ३० जेष्ठ २०८० ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App