७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

‘चुरे’ नै भत्काएर निर्यात गर्ने कुरा कहि कतै नभनेको अर्थमन्त्री डा. महतको दाबी

अर्थमन्त्री डा. प्रकाशसरण महतले ‘चुरे’ नै भत्काएर निर्यात गर्ने कुरा कहि कतै नभनेको स्पष्ट पारेका छन्।

सरकारले ढुङटा, गिट्टी, बालुवालगायतका स्रोत उत्खखन गरेर निर्यात गर्ने व्यवस्था बजेटमा प्रस्ताव गरेपछि यसको चौतर्फी आलोचना भएको थियो। संसद भित्र र बाहिर यो व्यवस्थाको चर्को विरोध भइरहेको छ।

‘यो ढुङगा गिट्टीको बारेमा पनि प्रश्न उठेको छ। हामीले कही कतै पनि चुरेलाई नै त्यो खनेर भत्काएर निर्यात गर्ने कहि भनेका छैनौ’, उनले सोमबार सांसदहरको प्रश्नको जवाफ दिदै भने, ‘कहाँ कहाँ उपयुक्त ठाँउ छ भनेर पहिचान गर्ने र पहिचाको आधारमा यो पनि गर्न सकिन्छ भनेर सम्भावनाप्रति इकित गरेका छौ। त्यसमा छलफल गरौं।’

डा. महतले भुटान वातावरण संरक्षणमा धेरै संवेदनशिल भएपनि त्यसले आफ्ना ढुङगा, गिटी लगायतका स्रोतहरु हजारा ट्रक बंगलादेशलाई बेचिरहेको उदाहरण दिए। ‘भुटान वातावरणमा यति धेरै सजक छ, भुटानले पनि निर्यात गरिहरको छ। हजारौं ट्रक ढुङगा बंगलादेश गइरहेको छ। अष्ट्रेलियाले पनि विशाल÷विशाल खाल्डो कोइला निकालेर विदेशमा निर्यात गरिरहेका छ। के उनीहरु वातावरणप्रति बेखबर भएको हो? हामीले यो कुरा गर्ने बित्तिकै वातावरण बिगार्ने भनेर हेर्नु पनि भएन्। यसलाई पनि व्यवस्थित गरेर गर्न सकिने संभावना छ भने हेरेर यो बाटो किन नखोल्ने भनेर हेरिएको हो’, उनले भने।

डा. महतले वातावरण नबिकारिकन गर्न सक्ने संभावना छ भने त्यो संभावना हेरेर त्यो बाटो पनि किन नखोल्ने भन्ने कुरा यसमा गरिएको भन्दै स्पष्ट पारेका थिए।

प्रकाशित: २९ जेष्ठ २०८० ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App