१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

बैशाख- नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ। केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ भन्ने नारा तय गरेको छ।

यस्तै बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालीका/नगरपालीका/गाउपालिकामा चुनावी जनसभा गर्ने  निर्णय गरेको छ । साथै यही बैशाख ३१ गतेको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि आग्रह गरेको छ।
मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो। बैठकले मधेसी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको छ ।
 

प्रकाशित: १ वैशाख २०७४ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App