प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।
उनले सरकारबाट स्पष्ट जवाफ नआएसम्म सदनबाट विरोध गरिरहने पनि बताए।
उनले भने, ‘बजेटमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठ्नु गम्भीर विषय हो। यसबारे संसदीय छानबिन समिति गठन गर्नु नै उत्तम विकल्प हो।’
प्रकाशित: २३ जेष्ठ २०८० ०८:४७ मंगलबार