१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा  प्रारम्भिक सुनुवाइका लागि  आज पेसी तोकिएको थियो।  

वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दर्ता गराएका थिए। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ।  

प्रकाशित: २१ जेष्ठ २०८० ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App