१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ शक्तिमा निर्वाचन परिचालन समिति

काठमाडौं- नयाँ शक्ति पार्टीले संयोजक बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

पार्टीले चुनाव तयारी गर्न विभिन्न समिति बनाएको छ। निर्वाचन परिचालन समितिमा रामचन्› झा, महेश कर्मोचा, दुर्गा सोव र सबै प्रदेशका उत्प्रेरक र संयोजक  सदस्य छन्। त्यस्तै समिति सदस्यमा पार्टीका सबै आयोग संयोजक र  आंगिक, पेसागत र राष्ट्रिय संगठन संयोजक छन्। यसैगरी पार्टीले केशव दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। समिति सदस्यमा  डम्बर खतिवडा, प्रशान्त सिंह, डा. लक्ष्मीप्रसाद देवकोटा, लिली थापा, रवीन्› थिङ र  सुशीला सिर्पाइल छन्।

पार्टीले देवेन्द्र पौडेलको संयोजकत्वमा  वामदेव क्षेत्री, मदन राई, प्रशान्त सिंह, भाइराजा पाण्डे, वीरेन्› पोखरेल, रामकुमार शर्मा, कल्पना धमलालगायत रहेको केन्›ीय वक्ता टिम निर्माण गरेको छ।  

पार्टी संघीय परिषद्को दोस्रो पूर्ण बैठकले गरेका निर्णयबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले निर्वाचन आयोगले आफ्नो पार्टीलाई दलीय चुनाव चिह्न नदिएकोमा आपत्ति जनाए। आयोगले दलीय चुनाव चिह्न नदिए चुनावमा भाग नलिने चेतावनी पनि उनले दिए। नयाँ शक्तिले आँखा चुनाव चिह्न मागेको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ शक्ति दलीय हैसियतमा संसद्मा प्रतिनिधित्व गरेको रेकर्ड आयोगमा नभएकाले दलीय आधारमा चुनाव चिह्न प्रदान नगरिएको बताए। 

प्रकाशित: १८ चैत्र २०७३ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App