१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

नुवाकोट – स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक चहलपहललाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिएको हो । 

जिल्ला निर्वाचन कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाको विभिन्न स्थानमा हुने निर्वाचनसम्बन्धी राजनीतिक कार्यक्रममा पनि प्रहरीले सुरक्षा व्यवस्थामा प्राथमिकता दिएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । 

निर्वाचनसम्मका लागि जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ, प्रहरी उपरीक्षक बोहराले भने– निर्वाचनका समयमा उच्च सुरक्षा व्यवस्थापनका लागि थप सुरक्षाकर्मी माग गरिएको छ । 

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा स्थानीय तहअनुसार सुरक्षाकर्मीको अस्थायी युनिट र प्रहरी पोस्टसमेत निर्माण गर्न लागिएको जनाएको छ । रासस 
 

प्रकाशित: १४ चैत्र २०७३ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App