१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सहिद गौतमका परिवारलाई गृहमन्त्रीद्वारा सम्मान

पुनर्वास(कंचनपुर)– गृहमन्त्री बिमलेन्द्र निधिले सरकारका तर्फवाट घोषणा गरेको रु. १० लाख शनिबार शहिद गोबिन्द गौतमकी पत्नी शुसिला(लक्ष्मी) गौतमलाई उपलब्ध गराएका छन्।

घटना भएको १७ दिनपछि हेलिकोप्टरबाट पुनवार्स पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घर छेउमै आयोजित एक समारोहका बिच १० लाखको चेक प्रदान गरेका हुन्। सहिद गौतमका बुबा ७२ वर्षी खिमलाल गौतम, आमा हरीदेवी गौतम र पत्नी शुसिला गौतमलाई दोसल्ला ओढाएर उनले सम्मान गरे ।
मन्त्री निधिसँगै भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, कृषी मन्त्री गौरी शंकर थारु पनि सहभागि थिए। सहिदका बृृद्ध बुवा खिमलालको अध्यक्षतामा राहात र सम्मान कार्यक्रम संचालन गरिएको थियो।

कांग्रेसले ७ लाख दियो

समारोहमा नै शनिबार नेपाली कांग्रेसका तर्फवाट गृहमन्त्री बिमलेन्द्र निधिले सहिद गोविन्द गौतमकी पत्नीलाई ७ लाख प्रदान गरेका छन । नेपाली कांग्रेसको तर्फबाट ७ लाखको चेक प्रदान गरेका हुन्। यसअघि माओवादी केन्द्रले ६ लाख र एमालले ५ लाख राहात उपलब्ध गराइसकेको छ।

घाइते टीकाराम चापागाईंलाई रु १ लाख प्रदान गरेको छ। यसैबीच नेपाल विद्यार्थी सँघ कैलाली क्षेत्र नं ६ का तर्फबाट सहिद गौतमकी पत्नी शुसिलालाई रु ४ लाख प्रदान गरिएको छ। घाइते टीकाराम चापागाईंलाई रु १ लाख ३० हजार १ सय १ प्रदान गरिएको छ। विभिन्न मनकारी व्यक्तीवाट संकलन गरेर सहिद परिवारलाई राहात उपलब्ध गराइएको नेवी संघ क्षेत्र नं ६ का सभापती गजेन्द्र शाहीले बताए।

‘देशको भूमिको रक्षाका लागी ज्यान गुमाएको सहिद गौतमका परिवारलाई साथ दिनुपर्छ भनेर मनकारी व्यक्तिबाट संकलन गरेर राहात दिएका हौं,’ उनले भने।

गृहमन्त्री निधीले सहिद गौतमकी पत्नीलाई सरकारले रोजगार उपलब्ध गराउने बताए । रोजगार दिलाउन सरकारले स्थानीय मन्त्रालयलाई निर्देशन दिइसकेको उनको भनाइ छ। यसैगरी ३ वटा छोरीलाई सरकारले शिक्षा प्रदान गर्ने उनले बताए। मञ्चमै २ वटा छोरीलाई गहृमन्त्री निधिलेले उचारलेर काखमा राखेका थिए।

घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सिमाको रक्षा गर्ने क्रममा गम्भीर घाइते भएका टिकाराम चापागाईलाई थप उपचारका लागी गृहमन्त्री निधीले हेलिकोप्टरमा काठमाण्डौ लगेका छन ।‘हाम्रो अनुरोध अनुसार थप उपचारका लागी गंभिर घाइते चापागाईलाई गृहमन्त्रीले हेलिकोपप्टरबाट काठमाडौं लगेका हुन्’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए।

भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको पुष्टी

गृहमन्त्री निधीले गोविन्द गौतमलाई भारतिय सुरक्षाकर्मीले हानेको गोलीले मृत्यु भएको प्रमाणित भइसकेको बताएका छन । पोष्टमार्टम र फोरेन्सीक रिपोट अनुसार भारतिय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रमाणित भएको उनको भनाई छ । ५.५६ मिलिमिटर क्यालिभर भएको गोविन्द गौतमलाई लागेको गोली नेपाल प्रहरी र शसस्त्र प्रहरीले प्रयोग गर्ने हतियारको नभई अत्याधुनिक हतियार भएको उनले बताए ।

‘हाम्रा प्रहरी र शसस्त्र प्रहरीले प्रयोग गर्दैनन् , तेस्तो स्तरिय हतियारवाट हानिएको गोली लागेर गौतमको मृत्यु भएको छ’उनले भने,‘प्रयोगशालावाट भारतिय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको पुष्टि भएको छ ।’ पोष्टमार्टम र फोरेन्सीक जाँचको रिपोट भारतलाई पठाइसकेको उनले बताए । दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी ,बिदेश मन्धी शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहलाई रिपोटको वारेमा जानकारी गराउदै भारतिय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको कुरा राखेको उनले बताए ।‘ हाम्रा सुरक्षाकर्मी सँग नभएको र भारतिय सुरक्षाकर्मी सँग रहेको हतियारको गोलीले मृत्यु भएको छ भन्दा उनीहरुको वोल्ती बन्द भो’उनले भने, ‘प्रधानमन्त्री मोदीले अनुसन्धान गरेर दोषीलाई कारवाही गर्छु भनेका छन्।’

सिमा सुरक्षा,राष्ट्रिय स्वाभीमान,सार्वभौमिकता,राष्ट्रिय अखण्डता मा सरकार कसैसँग सम्झौता नगर्ने उनले बताए । सिमा बिवादलाई दुई देशका संयुक्त टोलीले सर्भे गरेर समाधान खोज्न ३ बर्षदेखि ३ टोलीले काम गरिरहेको उनले बताए । कालापानी र सुस्ता वाहेक अन्य सिमाको कागजमा भइसकेको र सिमामा छु्ट्याउन मात्र वाकी रहेको उनले बताए ।

स्थानीय वासिन्दाले गृह मन्त्री निधीलाई सिमा विवाद समाधान गरेर स्तम्भ राखिनुपर्ने, आनन्द बजारमा शसस्त्र प्रहरी क्याम्प राख्नुपर्ने, बैध नाका संचालन हुनुपर्ने, भारतले माफी माग्नुपर्ने,सहिद परिवारलाई क्षतीपुर्ती भराउनु पर्ने, घाइतेको उपचार गराउनुपर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएका छन ।
गृहमन्त्री निधी सहितको टोलीले नेपालपक्षवाट बनाइएको कच्ची कल्भर्ट, भारतिय सुरक्षाकर्मीले गोविन्द गौतमलाई गोली हानेको स्थलको पनि निरीक्षण गरेको छ ।

पुनवार्स नगरपालिका वानं ८ आनन्दबजार  नजिक सिमामा नेपाली पक्षले बनाएको कच्ची कल्भर्ट भारतिय एस एस वीले भत्काएपछि प्रतिकारमा उत्रिदा भारतिय प्रहरीले हानेको गोली लागेर गत फागुन २६ गते गौविन्द गौतम मारिएका हुन्।
 

प्रकाशित: १२ चैत्र २०७३ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App