coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

सर्लाही – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’ 

’आन्दोलनलाई तुहाउन, रोक्न, कमजोर गर्न तीन दलले नयाँ सम्झौताको प्रस्ताव गरेका हुन् ।’ महतो 

संविधान संशोधनका लागि नयाँ सम्झौता गर्नु भनेको तीन दलको नयाँ षडयन्त्रमा फस्नु हो, महतोले भने,‘राज्यसँग सम्झौता गरे कार्यान्वयन हुनुमा भरोसा छैन । अब सम्झौता होइन व्यवहारमा लागु हुने गरी संविधान संशोधनको खाँचो छ ।’आन्दोलनलाई तुहाउन, रोक्न, कमजोर गर्न तीन दल नयाँ सम्झौताको प्रस्ताव गरेको महतोले अरोप लगाए ।
सरकारले संविधान संशोधन नगरी सहमतिका लागि आयोग बनाएर समस्या समधान गर्ने गरेको प्रस्तावमा मोर्चा नअल्झिने महतोले जिकिर गरे । विगतका सम्झौता कार्यान्वय भए मात्र नयाँ सम्झौता हुन सक्छ, महतोले भने,‘मधेशलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन ।’ 
मुलुकमा निर्वाचन आवश्यक रहेको र लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास गर्ने मधेशी मोर्चा निर्वाचनमा जान तयार रहेको उनले बताए । माग पुरा भए तोकिएकै मिति वा दुई/चार, दश दिन थप गरेर निर्वाचन सम्भव रहेका महतोले बताए । 


 

प्रकाशित: १२ चैत्र २०७३ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App