२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजानिक

फाइल तस्बिर

प्रधानमन्त्री पुष्ककमल दाहालको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ। शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरि जेठ १७ गतेदेखि हुने भ्रमणको विस्तृत जानकारी दिएको हो।  

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।

त्यसलगत्तै  भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।  

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले ३ जुनमा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ। नेपालको प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो।

प्रकाशित: १३ जेष्ठ २०८० ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App