६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश १ पुनः नामाकरण संघर्ष समितिलाई कांग्रेसकाे आग्रह: शान्तिपूर्ण रुपमा आन्दोलन गर्नुस्

फाइल तस्बिर।

प्रदेको नाम कोशी राखे पछि असन्तुष्टी व्यक्त गर्दै पहिचानका आधारमा नामाकरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामाकरण संघर्ष समितिलाई शान्तिपूर्ण रुपमा आन्दोलन गर्न नेपाली कांग्रेस कोशी प्रदेश समितिले आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी कोशी प्रदेश समितिले आन्दोलनरत पक्षलाई  शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम गर्न आग्रह गरेको हो।

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलन गर्न र सरकार पक्षलाई पनि बल प्रयोग नगर्न आग्रह गरेको छ।

कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा वोलाउन सरकार समक्ष पनि माग गरेको छ। अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेको भए पनि प्रदेश १ ले नाम राख्न नसकेको विज्ञप्तिमा उल्लेख छ।

‘तत्कालीन प्रदेश १ ले नाम राख्न सकिरहेको थिएन, नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो,’ विज्ञप्तिमा भनिएको छ। कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाइ उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न कांग्रेसले ध्यानाकर्षण पनि गराएको छ।

गत फागुन १७ गते कोशी प्रदेशको नामाकरण पछि असन्तुष्ट बनेको पहिचान पक्षधरले  जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App