coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सरकारमा एक मन्त्रालयसहित लोसपा पनि सरकारमा सहभागी

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ।

आज मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्।

पार्टीको निर्णय अनुसार तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए।

नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ बजे पद तथा गोप्यनियताको सपथग्रहण लिने कार्यक्रम रहेको सांसद महतोले बताए ।कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका हुन्।

संघीय सरकारका सत्ता गठबन्धनमा रहेपनि प्रदेश सरकारबाट बाहिर रहेका कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित गत मंगलबार मधेश सरकारमा सहभागी भएका थिए।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह र नेकपा एसबाट गोविन्द बहादुर न्यौपानेले भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री नियुक्त भएका थिए।

एक मन्त्रालयसहित सरकारमा सहभागी रहेका माओवादी केन्द्रले गत मंगलबार नै उद्योग पर्यटन तथा वनमन्त्री बनेका सुनिता यादवलाई फिर्ता बोलाईसकेका छन् ।

प्रकाशित: ११ जेष्ठ २०८० १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App