३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेसहितको राष्ट्रिय सरकार बनाऔं : सञ्चारमन्त्री कार्की

भक्तपुर–सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राम कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् । 

शुक्रबार भक्तपुरमा आयोजित अन्तक्र्रिया कार्याक्रममा उनले भने — ‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’ 

मन्त्री कार्कीले “एमाले र मधेशवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन सहज र प्रभावकारी हुन सक्थ्यो भने ।” 

एमाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिदैं उनले भने– “एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु ।” 

मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँगको कनेक्सन छुटेको छैन बताउँदै “सरकारसँग मधेसी मोर्चाको संवाद, छलफल टुटेको छैन, संवाद अन्त्य भएको पनि छैन, मधेसवादी दल पनि निर्वाचनमा आउनुको विकल्प छैन भने ।” 

संविधान संशोधनको विषयमा चर्चा गर्दै उनले ‘अबको चुनावमा आएर जनमत लिएर चुनाव जितेर आफूले चाहे जस्तो संविधान संशोधन गर्न सुझाव दिए । 

मन्त्री कार्कीले भने–“नेताहरुले यति लाख जनताको माग भन्दै ‘इमोस्नल वार्गेनिङ’ गर्दै आएका छन्, त्यसरी होइन, यो जिउँदो संविधान हो, संशोधन गर्न सकिन्छ, भने जस्तै गरी जनताको अभिमत जितेर संसद्बाटै आफूले भनेजस्तै गरी संविधान संशोधन गर्नुस् ।” 

गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै उनले भने–“निर्वाचन हुन्न कि भनेर शङ्का नगर्नुस्, सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँ/गाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ ।” 

एनसेल प्रकरणकाबारेमा मन्त्री कार्कीले कर छुट दिनेबारेमा मन्त्री परिषद्मा कुनै निर्णय नभएको बताउँदै मोफसलमा रहेका साना लगानीका पत्रपत्रिकालाई न्यूनतम पारिश्रमिक दिनसक्ने बनाउन सरकारले आवश्यक सुविधा दिन पहल गरेको र न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएका ठूला मिडियामा भने कडाइका साथ यसलाई लागू गर्ने धारणा व्यक्त गरे । 

प्रकाशित: ४ चैत्र २०७३ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App