गौर(रौतहट)– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य र पूर्व सभासद् सद्भावना पार्टीमा प्रवेश गरेका छन्।
उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादीका केन्द्रीय सदस्य रामेश्वर राय यादव र पूर्व सभासद् रम्भादेवी यादव राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।
रौतहटको मुडवलवामा सद्भावना पार्टीले आयोजना गरेको भन्डाफोर कार्यक्रममा पार्टी अध्यक्ष राजन्द्र महतोले उपेन्द्र यादव पार्टीका नेताहरुलाई सद्भावनामा प्रवेश गराएका हुन्।
प्रकाशित: ३ चैत्र २०७३ ०९:५६ बिहीबार