५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुकको आवश्यक्ता अनुसारको नीति तथा कार्यक्रम भएको अर्थमन्त्री महतको दाबी

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्।

काँग्रेस प्रवक्ता समेत रहनु भएका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो।

मन्त्री महतले भने, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन। मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन। मैले फेरी पनि भने–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु प¥यो। इमान्दार हुनुप¥यो। रातदिन काम गर्नु प¥यो। त्यो काममा हामी लाग्छौं। त्यसो भएपछि परिणाम आउन थाल्दछ। गर्ने कुरा यिनै हुन। गरिएको कुरा पूरा गर्नु प¥र्यो, गर्छौं।’

प्रकाशित: ५ जेष्ठ २०८० १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App