१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले अहंकारले सप्तरी घटनाः नयाँ शक्ति

नयाँ शक्ति संयोजक भट्टराई। फाइल तस्विर

काठमाडौं—नयाँ शक्ति पार्टी नेपालले एमालेको अहंकारले सप्तरी घटना भएको निष्कर्ष निकालेको छ। पार्टी संयोजक डाक्टर बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा एमालेले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरेको ठहर गरेको छ।

अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो', भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो।'

'खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ। त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो', भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो।'

नयाँ शक्तिले घटनाको उच्चस्तरीय न्यायिक छानवीन गर्न समेत माग गरेको छ।

संविधान संशोधन गर्नु देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु नभएको विज्ञप्तिमा उल्लेख छ। 'यसले हाम्रो एकता र अखण्डतालाई अझ बलियो बनाउँछ। तर यस्तोबेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण बनाउन आवश्यक थियो तर सरकार उल्टै अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रियो। परिणाम अत्याधिक मानवीय क्षति हुनपुग्यो। यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्दछ', विज्ञप्तिमा भनिएको छ।

नयाँ शक्तिले एमालेलाई संविधान संशोधनमा साथ दिन आह्वान समेत गरेको छ।

एमालेको सभा बिथोल्ने प्रयास गर्दा प्रहरीले चलाएको गोली लागेर सप्तरीमा तीन जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीले सुरक्षाकर्मीलाई घेराहाली पेट्रोल बम प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा सो घटना भएको थियो। नयाँ शक्तिको विज्ञप्तिमा मोर्चाको हिंसात्मक प्रदर्शनबारे केही उल्लेख छैन।

प्रकाशित: २४ फाल्गुन २०७३ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App