१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

काठमाडौं– तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।  

‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ,’ उनले भने, ‘ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ।’

अभियानबाट असहज परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी एमालेले नै लिनु पर्ने उनको चेतावनी छ। आफूहरु आन्दोलनकै अवस्थमा रहेकोले अहिले एमालेले मधेशमा अभियान गर्नु नहुने उनको धारणा छ।  
‘हामी कहाँ चुप लागेर बसेका छौं र? हामी त शान्तिपुर्ण आन्दोलन मै छौं,’ उनले भने, ‘हाम्रो माग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं।’

संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै उनले भने, ‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका मागहरु मधेशका मात्रै होइनन, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ।’ 

प्रकाशित: २१ फाल्गुन २०७३ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App