१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हलो कि गाई?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चुनाव चिह्न के राख्ने भन्ने विषयमा विवाद देखिएको छ। एकता महाधिवेशनपछि बिहीबार बसेको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट आएकाले 'गाई' चुनाव चिह्न राख्नु पर्ने र अर्काथरीले 'हलो' लाई निरन्तरता दिनुपर्ने अडान राखेपछि विवाद भएको हो। राप्रपा नेपाल र राप्रपा मिलेर राप्रपा बनेको हो। यसअघि राप्रपाको चुनाव चिह्न 'हलो' थियो।

तत्कालीन राप्रपामा रहेका भुवन पाठक, राजेन्द्र श्रेष्ठ, राजेश गिरीबाहेका नेताले दुई पार्टी एकता गर्नुपूर्व हलो चुनाव चिह्न राख्ने सहमति भएको दाबी गरेका छन्। तर, पाठक, श्रेष्ठ, गिरी भने गाई चुनाव चिह्नको पक्षमा उभिएका छन्।

फागुन पहिलो साता काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनले चुनाव चिह्न विवाद टुंगो लगाउन नसकेपछि सो विषय केन्द्रीय समितिमा आएको हो।

बैठकमा धु्रवबहादुर प्रधानले स्थानीय तह निर्वाचनमा पार्टी परिचालन र राजेन्द्र लिङदेनले स्थानीय तह अनुसार पार्टी संरचना निर्माण विषयमा छुट्टछुट्टै प्रतिवेदन पेस गरेका थिए। नेता लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङसहित ४० जनाले बिहीबारको बैठकमा धारणा राखे।

 

प्रकाशित: २० फाल्गुन २०७३ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App