१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेनः अध्यक्ष केसी

फाइल तस्बिर।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन्।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पारे।

उनले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको उल्लेख गरे। उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्ल्ेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको बताए। लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उनको भनाइ थियो।

अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको जिकिर गरे।

प्रकाशित: १ जेष्ठ २०८० १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App